![केपी खनालको चियादानीमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी, युवाहरूसँग राजनीतिक संवाद [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Bidhya_Bhandari_at_Chiyadani_14_2n7y2trgKa.jpg)
सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, युवा उद्यमी केपी खनालले सञ्चालन गरेको चियादानीमा पुगेकी छिन् ।
काठमाडौंको बानेश्वरमा रहेको चियादानीमा पुगेर उनले शुक्रबार युवाहरूसँग अन्तरक्रिया समेत गरिन् । उनले युवाहरूसँग उद्यम र राजनीतिबारे संवाद गरेकी हुन् ।
दोस्रो कार्यकाल समेत राष्ट्रपति बनिसकेकी उनी राजनीतिमा फर्किएको घोषणासँगै विभिन्न भेटघाट तथा छलफलमा व्यस्त छिन् ।
तस्वीरहरू :








