११ साउन २०८३, सोमबार

जापानको जीडीपीमा निरन्तर सुधार

साउन ३०, २०८२
काठमाडौं
जापानको जीडीपीमा निरन्तर सुधार

जापानको अर्थतन्त्रले सन् २०२५ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुन महिनासम्मको अवधिमा वार्षिक १.० प्रतिशतले आर्थिक बिस्तार गरेको छ । जापानको क्याबिनेट कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार यो लगातार पाँचौं पटक त्रैमासिक रूपमा आर्थिक वृद्धि देखिएको हो ।

जनवरी–मार्च अवधिको प्रारम्भिक तथ्याङ्कमा ०.२ प्रतिशतको गिरावट देखाइएको थियो, तर त्यसलाई संशोधन गरी ०.६ प्रतिशतको वृद्धि गरिएको छ ।

महँगी समायोजनपछि, अप्रिल–जुन त्रैमासिकमा जापानको वास्तविक सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.३ प्रतिशतले बढेको  कार्यालयको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

यो जीडीपी वृद्धिको मुख्य कारण निर्यातमा देखिएको दृढता हो । निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढ्दा आयात ०.६ प्रतिशतले वृद्धि भएको थियो । निर्यात र आयातबीचको अन्तरले त्रैमासिक वृद्धिमा ०.३ प्रतिशत बिन्दुको योगदान दिएको छ, जुन सबैभन्दा ठूलो योगदान हो । त्यसपछि निजी लगानी दोस्रो ठूलो योगदानकर्ता रहेको छ ।

घरेलु मागको प्रमुख सूचक मानिने पुँजी लगानी (क्यापिटल इनभेष्टमेन्ट) पहिलो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ, जुन पाँचौं पटक लगातार वृद्धिमा रहेको देखिन्छ ।

अन्य प्रमुख घटकहरूमध्ये, कुल आर्थिक उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी खपत (प्राइभेट कन्जम्प्सन) ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्