
बलिउडका चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अन्ततः सिनेमा जगतमा प्रवेश गरेका छन् ।
तर, उनले अभिनेताको रूपमा नभएर, निर्देशकको रूपमा बलिउडमा पाइला चालेका हुन् । आर्यनले निर्देशन गरेको वेब सिरिज ‘द बैड्स अफ बलिउड’को टिजर सार्वजनिक भएको छ ।
टिजर सार्वजनिक भएसँगै दर्शकले प्रतिक्रिया दिन थालेका छन् र आर्यनलाई शाहरुख खानसँग तुलना गरिरहेका छन् । टिजरमा आर्यनको प्रस्तुति र अभिव्यक्तिले दर्शकको ध्यान तानेको छ।
टिजर देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्ना विचार व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले भनेका छन्, ‘आर्यनको आवाज बिल्कुल शाहरुख खानसँग मिल्दोजुल्दो छ ।’
अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘बुबा नम्बर एक, छोरा दश नम्बर ।’
यसका अतिरिक्त धेरै दर्शकले आर्यनको कामको प्रशंसा गरेका छन् ।
आर्यन खानले ‘द बैड्स अफ बलिउड’को निर्देशन मात्र गरेका छैनन्, यसलाई लेखेका पनि हुन् । वेब सिरिजको प्रिभ्यु अगस्ट २० मा सार्वजनिक हुने घोषणा भएको छ । यस प्रिभ्युमार्फत् शोबारे थप जानकारी खुल्ने अपेक्षा गरिएको छ । तर, यसको आधिकारिक रिलिज मिति भने अझै तय भएको छैन ।