१२ साउन २०८३, मंगलबार

ट्रम्पले ३ युद्धपोत भेनेजुएला पठाए, विरुद्धमा ४५ लाख सैनिक तैनाथ गर्ने निकोलस मादुरोको घोषणा

भदौ ५, २०८२
काठमाडौं
ट्रम्पले ३ युद्धपोत भेनेजुएला पठाए, विरुद्धमा ४५ लाख सैनिक तैनाथ गर्ने निकोलस मादुरोको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले भेनेजुएला नजिकै तीन युद्धपोत तैनाथ गरेको छ । युद्धपोतहरू आगामी केही घण्टामा भेनेजुएलाको तटमा पुग्नेछन्।

रोयटर्सका अनुसार, ट्रम्प प्रशासनले यो तैनाथी लागूपदार्थ कार्टेलहरू (लागुऔषध तस्करी समूहहरू) र यससँग सम्बन्धित हिंसा रोक्न गरिएको हो ।

ट्रम्प प्रशासनको विश्वास छ कि भेनेजुएला सरकारले लागूपदार्थ तस्करीलाई बढावा दिइरहेको छ। 

तीनै युद्धपोतहरू हवाई र समुद्री रक्षामा विशेषज्ञ छन् । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार, यूएसएस ग्रेभली, यूएसएस जेसन डनहम र यूएसएस स्याम्पसन नामक तीन एजिस निर्देशित-मिसाइल विनाशक युद्धपोतहरू चाँडै भेनेजुएलाको तटमा पुग्नेछन् ।

तीनै युद्धपोतहरू हवाई, समुद्री र पनडुब्बी आक्रमणहरूविरुद्ध रक्षामा विशेषज्ञ छन् । उनीहरू आगामी केही महिनासम्म यस क्षेत्रमा लागूऔषध तस्करी विरुद्धको अभियानमा संलग्न हुने समाचारमा उल्लेख छ । 

तर, भेनेजुएलाले अमेरिकाको यी आरोपहरूलाई अस्वीकार गरेको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले युद्धपोत तैनाथीको विरुद्धमा ४५ लाख सैनिक तैनाथ गर्ने घोषणा गरे।

salt training

कमेन्ट गर्नुहोस्