१७ असार २०८३, बुधबार

विभिन्न संस्थामा गैरकानूनी संलग्नता भेटिएपछि निगमका कालाखेती अख्तियारको छानबिनमा

भदौ ५, २०८२
काठमाडौं
विभिन्न संस्थामा गैरकानूनी संलग्नता भेटिएपछि निगमका कालाखेती अख्तियारको छानबिनमा

नेपाल वायु सेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीको विभिन्न संस्थामा गैरकानूनी संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।  

निगमको नायव महाप्रबन्धक रहेका कालाखेती स्वार्थ बाझिने वायुसेवा कम्पनीमा समेत संलग्न रहेको जानकारीमा आएपछि अख्तियारले छानबिन शुरू गरेको हो । अख्तियारले भदौ १ गते निगमलाई पत्राचार गर्दै कालाखेतीको सम्बन्धमा जानकारी माग गरेको हो ।

स्रोतका अनुसार कालाखेती बीबी एयरवेजमा समेत आवद्ध रहेका छन् । वायु सेवा निगममा आवद्ध कर्मचारीले अन्य कम्पनीमा आवद्ध हुन नमिल्ने कानूनी व्यवस्था छ ।

त्यसैमाथि सरकारी स्वामित्वको संस्थानको जिम्मेवारीमा रहेका व्यक्ति समान प्रकृतिको संस्थामा काम गर्दा स्वार्थ बाझिने हुँदा त्यस्तो संस्थामा संलग्न हुन मिल्दैन ।

बीबी एयरवेजका अतिरिक्त कालाखेती पुतली सडकमा रहेको चार्टर एकेडमिक इन्टरनेशलन, पोखरामा रहेको लक्ष्मी ग्यास उद्योग र काठमाडौं सुन्धारामा रहेको ५२ नम्बरको शेयर ब्रोकरसँग आवद्ध रहेको स्रोतको भनाइ छ ।

अख्तियारले कालाखेतीको नामै किटान गरेर उनलाई अन्य संस्थामा शेयर लिन निगमबाट स्वीकृति प्रदान भए/नभएकोबारे जवाफ माग गरेको छ ।

‘निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती (कर्मचारी संकेत नम्बर २४१८६ आइ)ले कुनै प्राइभेट फर्म/कम्पनीको संस्थापक शेयर खरिद/लगानी गर्न सञ्चालक समितिमा रहि कार्य गर्न तथा कुनै संस्था/प्रोप्राइटरी फर्म/कम्पनीहरूबाट मासिक तलब बुझ्ने गरी कार्य गर्न त्यहाँ निगमबाट कुनै किशिमको अनुमति/स्वीकृति लिएको भए छानबिन कार्यमा सहयोगका लागि अनुरोध गरिएको छ,’ अख्तियारले निगमलाई पठाएको पत्रमा उल्लेख छ ।

null

निगमको माथिल्लो तहमा कार्यरत कालाखेती माडवाडी समुदायका केही स्वार्थी व्यापारीको इसारामा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । विदेशबाट आउने माडवाडीका सामान छुटाउन उनले कर्मचारीलाई दबाब दिने गरेको निगमको कर्मचारी संगठनका सदस्यहरू बताउँछन् ।

निगमको वाइडवडी विमान खरिद प्रक्रियामा बद्मा‌सी गरेको भन्दै कालाखेतीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ‘विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको’ भ्रष्टाचार मुद्दामा कालाखेतीविरुद्ध अख्तियारले दायर गरेको आरोपपत्रमा भनिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्