२९ जेठ २०८३, शुक्रबार
कविराज कटुवाल पक्राउ

उच्च पदस्थसँग हिमचिम देखाएर ‘बडिबिल्डर’को मिटरब्याजी धन्दा : एउटैसँग पाँच करोड असुलेपछि फन्दामा

भदौ ६, २०८२
काठमाडौं
उच्च पदस्थसँग हिमचिम देखाएर ‘बडिबिल्डर’को मिटरब्याजी धन्दा : एउटैसँग पाँच करोड असुलेपछि फन्दामा

सुगठित शरीर भएका सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–५ का कविरजंग कटुवाल भन्ने कविराज कटुवाल मिटरब्याजी धन्दा (अनुचित लेनदेन) चलाएको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले कटुवाललाई मकवानपुरबाट पक्राउ गरेर अनुसन्धान थालेको हो ।

उच्चपदस्थ राजनीतिज्ञ र प्रहरीका हाकिमसँग समेत सँगै फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै प्रभाव देखाउन खोज्ने उनलाई अन्तत: प्रहरीले पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा मन्त्री, प्रहरीका आईजीपीलगायत अन्य उच्चपदस्थसँग खिचेका तस्वीर राखेका छन् ।

कटुवालले आफ्नो सामाजिक सञ्जालमा ऊर्जा मन्त्री दीपक खड्का, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, प्रहरीका आईजीपी दीपक थापा, डीआईजी ओम राना, एसपी कवित कटुवाल, अभिनेता राजेश हमाल लगायतसँगको फोटो खिचेर राखेका छन् ।

शारीरिक सुगठनका खेलाडीसमेत रहेका कटुवालले एक व्यक्तिलाई १ करोड ४० लाख दिएर पाँच करोड रुपैयाँसम्म असुलेको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा परेको छ ।

बौद्धमा व्यापार गर्दै आएका ती व्यक्तिलाई १ करोड ४० लाख ऋण दिएको र त्यसबापत ४ करोड ८६ लाख ९३ हजार रुपैयाँ असुलेको आरोप पीडितको छ ।

झण्डै पाँच करोड रुपैयाँ असुलेर पनि पीडितले चढ्दै आएको कार समेत कटुवालले हत्याएपछि उनी प्रहरीमा पुगेका हुन् । कटुवालले साउन २२ गते पुल्चोकस्थित लबिम मल अगाडिबाट पीडितले चढ्दै आएको बा २० च ५२० नम्बरको कार लगेका थिए ।

कटुवालले कार मात्रै होइन, चेकसमेत लिएका थिए ।

ठगी धन्दा चलाउन कटुवालले शुरूमा ६० लाख नगदै र बाँकी रकम आफू र विभिन्न व्यक्तिका बैंक खातामा जम्मा गर्न पीडितलाई खाता नम्बर पठाएका थिए । कटुवालले पठाएका खातामा पीडितले धमाधम रकम जम्मा गरिदिएका थिए ।

null

कटुवालकै एभरेष्ट बैंकको खातामा विभिन्न मितिमा पीडितले १ करोड १३ लाख ६० हजार, कुमारी बैंकको खातामा ५८ लाख ८ हजार, सिटिजन्स बैंकको खातामा ७५ लाख, पशुपति कटुवाल क्षेत्रीको गरिमा विकास बैंकको खातामा १८ लाख ३० हजार, उनैको एभरेष्ट बैंकको खातामा १४ लाख ५० हजार, मञ्जु भण्डारीको सिद्धार्थ बैंकको खातमा १४ लाख २५ हजार रुपैयाँ जम्मा गरेको दाबी पीडितको छ ।

null

उनले रकम जम्मा गरेको भौचर समेत प्रहरीलाई प्रमाणको रूपमा पेश गरेका छन् । त्यस्तै, भीमराज गिरीको लक्ष्मी सनराइज बैंकको खातामा ७२ लाख ८० हजार, शिवमाया गिरीको लक्ष्मी सनराइज बैंकको खातामा ५ लाख ५० हजार, शरदप्रताप सिंहको कुमारी बैंकको खातामा ३ लाख २० हजार, सलिना कटुवालको सिद्धार्थ बैंकको खातामा १४ लाख ५० हजार, एभरेष्ट बैंकको खातामा १३ लाख ६० हजार, विक्रमसिंह गुरुङको ग्लोबल आईएमई बैंकको खातामा १५ लाख, तिलकराम राईको एभरेष्ट बैंकको खातामा ८ लाख ६० हजार रुपैयाँ जम्मा गरिदिएको दाबी पीडित युवकको छ ।

null

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार पीडित युवकको दाबी अनुसार प्रमाण हेर्ने र कटुवालसँग बयान लिने काम भइरहेको छ ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्