२१ असार २०८३, आइतबार

२६ खर्ब नाघ्यो विदेशी विनिमयको सञ्चिति, १८ महिनाको वस्तु आयात धान्ने

भदौ ८, २०८२
काठमाडौं
२६ खर्ब नाघ्यो विदेशी विनिमयको सञ्चिति, १८ महिनाको वस्तु आयात धान्ने

नेपालको कुल विदेशी विनियमको सञ्चिति २६ खर्ब नाघेको छ ।

देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो ।

अघिल्लो आवको तुलनामा विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २७.७ प्रतिशतले बढेर १९ अर्ब ५० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग २ खर्ब ६३ अर्ब ४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्