
विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरूले आफ्नो व्यक्तिगत सुरक्षा खर्च आश्चर्यजनकरूपमा बढाएका छन् । सन् २०२४ मा, १० ठूला टेक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन् ।
यसको सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग र उनको परिवारको सुरक्षा थियो, जसमा लगभग २७ मिलियन (लगभग ३ अर्ब ७२ करोड नेपाली रुपैयाँ) खर्च गरिएको याहू फाइनान्सले जनाएको छ । यसमा क्यालिफोर्नियाको पालो अल्टोमा रहेको निवासको सुरक्षा र यात्रा सुरक्षा समावेश छ ।
डेटा दुरुपयोग, अर्बौं डलरको सम्पत्ति र राजनीतिमा प्रत्यक्ष हस्तक्षेपले टेक दिग्गजहरूलाई आम जनताको आक्रोशको निशाना बनाएपछि सुरक्षा खर्च बढाइएको रिपोर्टमा उल्लेख छ ।
टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्कको सुरक्षामा खर्चको पूर्ण तथ्याङ्क सार्वजनिक गरिएको छैन, तर २०२३ मा टेस्लाले उनको सुरक्षामा करोडौं डलर खर्च गरेको थियो । मस्कले अब आफ्नै फाउन्डेसन सुरक्षा कम्पनीमार्फत् सुरक्षाको व्यवस्था गरेका छन् । उनको सुरक्षामा २० सुरक्षा गार्ड तैनाथ गरिउको रिपोर्टमा उल्लेख छ ।
अमेजनले हरेक वर्ष जेफ बेजोसको सुरक्षामा लगभग २० करोड बढी नेपाली रुपैयाँ खर्च गर्छ । वर्तमान सीईओ एन्डी ज्यासीको लागि कम्पनीको सुरक्षा बजेट पनि हरेक वर्ष बढ्दै गइरहेको छ।
एनभिडियाले २०२४ मा हुआङको सुरक्षामा ४६ करोड खर्च गर्यो । २०२४ मा जेपी मोर्गनका सीईओ जेमी डिमनको सुरक्षामा साढे ११ करोड करोड खर्च भएको थियो । यी सबै तथ्याङ्कबाट स्पष्ट हुन्छ कि सुरक्षा अब कम्पनीहरूको लागि स्थायी खर्च बनेको छ।
२०२४ मा, अमेरिकी स्वास्थ्य सेवा कम्पनी युनाइटेड हेल्थकेयरका प्रमुख ब्रायन थम्पसनको गोली हानी हत्या गरिएको थियो। आक्रमणकारीलाई सामाजिक सञ्जालमा पनि ठूलो समर्थन प्राप्त भएको थियो, जसले कर्पोरेट जगतलाई हल्लायो।
२०२५ मा, न्यूयोर्कको एक कार्यालय भवनमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको थियो। आक्रमणकारीले राष्ट्रिय फुटबल लिगलाई लक्षित गरेको थियो।
एजेन्सीहरूले सामाजिक सञ्जालको गुप्तचर सेवाहरू पनि प्रदान गरिरहेका छन् । सुरक्षा खतराहरू अब सशस्त्र आक्रमणहरूमा सीमित छैनन् । साइबर आक्रमण, घर तोडफोड र डीपफेक प्रविधिले सुरक्षाका नयाँ आयामहरू खोलेको छ ।
सुरक्षा एजेन्सीहरू अब केवल अंगरक्षकहरूमा सीमित छैनन् । उनीहरूले साइबर सुरक्षा, डिजिटल निगरानी र सामाजिक सञ्जाल बुद्धिमत्ताजस्ता सेवाहरू पनि प्रदान गरिरहेका छन् ।
एआई-आधारित डीपफेक भ्वाइस प्रयोग गरेर कम्पनीहरूबाट नक्कली वित्तीय लेनदेन गराउने घटनाहरू तीव्र गतिमा बढेका छन् । यस्तो अवस्थामा, सीईओहरू र कम्पनीहरूको डेटाको सुरक्षा अब प्राथमिकतामा परेको छ ।