०८ साउन २०८३, शुक्रबार

आजदेखि अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत भन्सार कर

भदौ ११, २०८२
काठमाडौं
आजदेखि अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत भन्सार कर

अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार कर लागू गर्न आधिकारिक सूचना जारी गरेको छ। यो भन्सार कर आज भारतीय समयानुसार बिहान ९:३० बजेदेखि लागू भएको छ । 

पहिले भन्सार दर २५ प्रतिशत थियो र अब भारतमाथि कुल ५० प्रतिशत भन्सार कर लगाइनेछ।

सूचनामा भनिएको छ, 'अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको भन्सार करको दायरामा पर्नेछ।'

भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउनुको कारण ट्रम्पले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा भारतले रुसलाई सहयोग गरिरहेको बताएका छन् । जबकि भारतले ट्रम्पको यो निर्णयलाई अनुचित र तर्कहीन भनेको छ । 

अप्रिल २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए तर, पछि यो निर्णय ९० दिनको लागि स्थगित गरिएको थियो । जुलाई २०२५मा राष्ट्रपति ट्रम्पले अगस्ट १ देखि भारतीय सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरे । २५ अगस्टमा ट्रम्पले थप २५ प्रतिशत कर लगाउने घोषणा गरे र कुल कर दर ५० प्रतिशत भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्