१८ असार २०८३, बिहीबार

गीतकार नारायण खतिवडाको गीति पुस्तक 'बहार' लोकार्पण

भदौ ११, २०८२
काठमाडौं
गीतकार नारायण खतिवडाको गीति पुस्तक 'बहार' लोकार्पण

गीतकार नारायण खतिवडाको गीति सङ्ग्रह पुस्तक 'बहार'को विमोचन गरिएको छ ।

९४ वटा गीतहरू समावेश गरिएको पुस्तक हरितालिका तीजको अवसरमा मंगलबार सार्वजनिक गरिएको हो । 

गीति पुस्तकमा समाजका परिवेश तथा परिस्थितिलाई आन्तरिकीकरण गरी कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

सामाजिक विषयबस्तु, राष्ट्र राष्ट्रियता, देशप्रेम, संयोगान्त र वियोगान्त तथा चेतनामूलक गीतहरू रहेका छन् ।

null

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापामगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीत रोयल्टी संकलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ रोदनलगायत साहित्यप्रेमीहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक तथा वरिष्ठ समालोचक सनद कुमार वस्तीले गरेका थिए । ​

साहित्यपोष्टले पुस्तकको प्रकाशन तथा वितरण गरेको हो 

salt training

कमेन्ट गर्नुहोस्