१७ असार २०८३, बुधबार

आज कालीमाटीमा कति छ तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य ?

भदौ १२, २०८२
काठमाडौं
आज कालीमाटीमा कति छ तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य ?

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजको थोक मूल्य तोकेको छ। समितिका अनुसार पार्सले, पुदीना, सिताके च्याउ, माछा सुकेको, किवी, कुरीलो लगायतका तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य उच्च रहेको छ।

आजको सूचिअनुसार पार्सलेको अधिकतम मूल्य प्रतिकेजी रु १ हजार ३ सय तोकिएको छ भने पुदीनाको मूल्य प्रतिकेजी रु १ हजार पुगेको छ। त्यसैगरी सिताके च्याउ प्रतिकेजी रु १ हजार, माछा सुकेको प्रतिकेजी रु १ हजार, किवी प्रतिकेजी रु ४ सय र कुरीलो प्रतिकेजी रु ४ सय कायम भएको छ।

फलफूलतर्फ अनारको अधिकतम मूल्य प्रतिकेजी रु ३६०, स्याउ फुजी रु ३२०, सुन्तला (भारतीय) रु ३५० र आभोकाडो प्रतिकेजी रु ३ सय कायम भएको छ। त्यस्तै तरकारीतर्फ ब्रोकाउली रु ३ सय, गुन्दुक रु ३ सय, रातो बन्द रु ३ सय र सेलरी प्रतिकेजी रु ३ सय पुगेको छ।

यता, दैनिक उपभोग हुने तरकारीहरूमध्ये गोलभेडा ठूलो (नेपाली) को अधिकतम मूल्य प्रतिकेजी रु ८०, आलु रातो (नेपाली) रु ५३, बन्द (लोकल) रु ४०, प्याज सुकेको (भारतीय) रु ४१, भिण्डी रु ४० र स्कुस प्रतिकेजी रु ३० रहेको छ।

बजारमा मौसमी फलफूलतर्फ केरा प्रति दर्जन रु १४५, कागती प्रतिकेजी रु १६०, जुनार रु २५०, नासपाती (चाइनिज) रु २५०, अम्बा रु २५० र मौसम प्रतिकेजी रु १६० मा कारोबार भइरहेको समितिले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्