
सुनसरी, २७ मंसिर— सुनसरी क्षेत्र नम्बर ३ को मतगणना निकै नै रोचक देखिएको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता हासिल गरेका छन् । लगातार वाम गठबन्धनकी एमाले उम्मेदवार भगवती चौधरीले अग्रता हासिल गरिरहेको बेला गच्छदारले फेरि ५१९ मतले अग्रता हासिल गरेका हुन् |
अब ६ हजार ५०० को हाराहारीमा मत गन्न बाँकी रहेको अवस्थामा गच्छदारले ३६ हजार ८० मत पाएका छन् ।
यस्तै एमालेकी चौधरी, ३५ हजार ५६१ मत ल्याएकी छिन् ।