०४ साउन २०८३, सोमबार

एनआईसी एसिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

भदौ १५, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने गरी होटल र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले काठमाडौंमा रहेको यस होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्ने छन् भने एअरपोर्ट लाउन्ज एन्ड रेस्टुरेन्ट, पेष्ट्री सप र ​ट्राङक्विलिटी स्पामा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस्