२४ असार २०८३, बुधबार

‘नेपाल आइडल’ छैटौं सिजनको विजेता बनिन् सिन्धुपाल्चोककी गंगा सोनाम

भदौ १५, २०८२
काठमाडौं
‘नेपाल आइडल’ छैटौं सिजनको विजेता बनिन् सिन्धुपाल्चोककी गंगा सोनाम

गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजन को ग्राण्ड फिनाले आइतबार राति राजधानीमा सम्पन्न भएको छ। सिन्धुपाल्चोककी गंगा सोनाम अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी छन्।

विजेतालाई कार्यक्रम आयोजकले २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरेका छन्। फस्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः १० लाख र ५ लाख रुपैयाँ पुरस्कार दिइएको छ।

फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए। पाँच विजेताको पुरस्कार वितरण यस प्रकार भएको छ:

विजेता: गंगा सोनाम – २० लाख रुपैयाँ

फस्ट रनरअप: बबिता थापामगर – १० लाख रुपैयाँ

सेकेन्ड रनरअप: दर्शना गान्धारी – ५ लाख रुपैयाँ

चौथो स्थान: अभिनय खाती – १ लाख रुपैयाँ

पाँचौ स्थान: मृनल मानन्धर – १ लाख रुपैयाँ

salt training

कमेन्ट गर्नुहोस्