
सामसङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ। यसको मूल्य ३४ हजार ९९९ (८/२५६जीबी), ३० हजार ९९९ (८/१२८जीब) र २८ हजार ९९९ (६/१२८जीबी) तोकिएको छ।
ग्यालेक्सी ए १७ फाइभजीमा ६.७-इन्च सुपर एमोलेड डिस्प्ले ९०Hz रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ।
यसमा ५०MP OIS मुख्य क्यामेरा, ५MP अल्ट्रा-वाईड, र २MP म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
यसमा Gemini इंटिग्रेशन, Gemini Live, र Circle to Search जस्ता AI टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउँछ।
सामसङ नेपालका निर्देशक, प्रणयरत्न स्थापितले भने, 'ग्यालेक्सी ए १७ फाइभजीमार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो । ए १७ ले एआई सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।'
यसमा Gorilla Glass Victus र IP54 डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै, छ वर्षको सुरक्षा अपडेट र छ OS अपग्रेड को साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ।
ग्यालेक्सी ए १७ फाइभजीमार्फत सामसङले नेपालमा आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउँदै उपभोक्तालाई एआई इनोभेशन, स्टाइल, परफर्मेन्स, टिकाउपन, र पहुँचयोग्यताको उत्कृष्ट संयोजन उपलब्ध गराएको कम्पनीले जनाएको छ ।