२५ जेठ २०८३, सोमबार

गीतकार गणेश उप्रेतीको ‘सिन्दूर’ को म्युजिक भिडियो सार्वजनिक

भदौ १६, २०८२
काठमाडौं
गीतकार गणेश उप्रेतीको ‘सिन्दूर’ को म्युजिक भिडियो सार्वजनिक

अहिलेकी लोकप्रिय गायिका पुनम गुरुङको सुमधुर आवाजमा सजिएको गीत ‘सिन्दूर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिनु गुरुङको अभिनय रहेको उक्त म्युजिक भिडियो पुनम गुरुङ अफिसियल युट्युब च्यानलमार्फत् सोमबार सार्वजनिक गरिएको हो । यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।

एक दशकदेखि गीत संगीतमा क्रियाशील गणेश उप्रेतीको हालसालै तीज गीत ‘ए साथी संगी हो’ लगायत ‘तिम्रो दिलको’, ‘लगन जुरेर’, ‘लाइदेऊ माया’, ‘नजरको गुलेली’, ‘जाले रुमाल’, ‘दिल यहाँ’जस्ता दर्जन बढी चर्चित गीत यसअघि नै सार्वजनिक भइसकेका छन् ।

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्