३१ असार २०८३, बुधबार

सैन्य परेडमा सी जिनपिङले भने- चीन कसैको धम्कीबाट डराउँदैन, नयाँ युगमा अघि बढ्छ

भदौ १८, २०८२
काठमाडौं
सैन्य परेडमा सी जिनपिङले भने- चीन कसैको धम्कीबाट डराउँदैन, नयाँ युगमा अघि बढ्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि धम्की दिने व्यक्तिबाट चीन कहिल्यै नडराउने बताएका छन् । चीनको विजय दिवस परेडमा सम्बोधन गर्दै उनले चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट डराउने नभई सधैं अगाडि बढ्ने बताएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । 

चीनलाई धम्की दिनेहरू पतन हुने गरेको इतिहासले देखाएको उनको भनाइ थियो । 'साथीहरू हामी चीनको विजयको ८० औं वार्षिकोत्सव मनाउन भेला भएका छौं । चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट डराउँदैन र सधैं अगाडि बढिरहन्छ,' उनले भने, 'यो नयाँ यात्रा र नयाँ युग हो ।'

सी जिनपिङले चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना रेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा सैन्य परेड आयोजना गरिएको हो । 

परेड अघि सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै देखिएका थिए ।

पहिलोपटक यी तीन नेताहरू सार्वजनिक रूपमा सँगै देखा परेका हुन् । यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्