
टाटा मोटर्सले धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले नयाँ शोरुमको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । साथै उक्त समारोहमा स्थानीय, व्यावसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नयाँ शोरुममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू— टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके३ ईभी र कर्भ ईभी— सजिलै खरिद गर्न सक्नेछन् ।
त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरुममार्फत उपलब्ध हुनेछन्।
पञ्चले नेपाली बजारमा सिटी एसयूभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।
सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
