०८ साउन २०८३, शुक्रबार

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

भदौ १८, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त होटलमा कुनै पनि सेवा लिँदा छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार, सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नु पर्नेछ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्