![कोशीका मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धीमा बाटो अवरुद्ध [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/harisiddhi_accident_5_Wf2PQsu1vJ.jpg)
कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध गरेका छन् ।
कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले शनिबार बिहान बालिकालाई ठक्कर दिएको थियो । ललितपुरका एसपी चक्रराज जोशीका अनुसार बालिकाको अवस्था सामान्य छ ।

दुर्घटनापछि मन्त्रीले वास्ता नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । छलफल गरेर बाटो खुलाउने प्रयास भइरहेको एसपी जोशीले बताए । मन्त्रीको गाडी बालिकालाई ठक्कर दिएर भागेको थियो ।





यो पनि
हरिसिद्धीमा कोशीका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो