
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९० रूपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ४० पैसा र बिक्रीदर १७६ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ २२ पैसा र बिक्रीदर ९२ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रूपैयाँ १६ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०९ रूपैयाँ ९८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७४ पैसा र बिक्रीदर १९ रूपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ८३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३८ पैसा र बिक्रीदर चार रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रूपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५ रूपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०६ पैसा र बिक्रीदर २२ रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०६ पैसा र बिक्रीदर १८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ४६२ रूपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रूपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ६२ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।