०८ असार २०८३, सोमबार

बुद्धि विकास मण्डलको भवनमा ललितपुर महानगरले चलायो डोजर [तस्वीरहरू]

भदौ २२, २०८२
ललितपुर
बुद्धि विकास मण्डलको भवनमा ललितपुर महानगरले चलायो डोजर [तस्वीरहरू]

ललितपुर महानगरपालिकाले लगनलेखस्थित बुद्धि विकास मण्डलको भवन भत्काएको छ । 

आइतबार बिहान महानगर प्रहरी बलले उक्त भवनमा डोजर चलाएको हो । 

नेपाल सरकारको नाममा रहेको उक्त जग्गा, कित्ता नम्बर १०५, क्षेत्रफल १७–०–०–०, पुरातन इतिहास बोकेको न्हुः पोखरीको स्थलमा पर्दछ ।

तर, विगतदेखि पोखरीमा अनधिकृत भौतिक संरचना निर्माण हुँदै आएको र पोखरीको अस्तित्व खतरामा परेकोले महानगरपालिकाले यसलाई जीर्णोद्धार हटाएर पुनः निर्माण गर्ने नीति अपनाएको थियो । 

यस योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको र बजेट विनियोजन समेत भइसकेको महानगरपालिकाले जनाएको छ । 

पोखरी क्षेत्रको उत्तर–पूर्वतर्फ बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको अनधिकृत संरचना हटाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ र मुलुकी देवानी ऐन २०७४ को दफा ३०४ अनुसार महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, उक्त अवधिमा सम्बन्धित संस्थाले नहटाएपछि महानगरले डोजर चलाएको हो । 

यसअघि गत साउन १६ को निर्णयअनुसार सम्बन्धित पक्षलाई ३५ दिनभित्र संरचना हटाउन सूचना जारी गरिएको थियो ।

‘उक्त अवधिभित्र अनधिकृत संरचना नहटाएमा वा खाली नगरेमा महानगरपालिकाले आफैं संरचना हटाई सो संरचना हटाउन लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुलउपर गरिने बेहोरा समेत जानकारी गराइन्छ’, महानगरले सूचनामा भनेको थियो । 

हेर्नुहोस् थप तस्वीर :

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्