
भुटानका प्रधानमन्त्री दाशो शेरिङ तोबगेले अयोध्यास्थित राम मन्दिरमा पूजा गरेका छन् ।
उनले पत्नीसहित अयोध्याधाम पुगेर दर्शन र पूजा गरेका हुन् ।
रामललाको दर्शनपछि उनले श्रीराम दरबारको दर्शन गरेका थिए भने त्यसपछि कुबेरटिलामा भगवान शिवको जलाभिषेक र आरती पनि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भुटानका प्रधानमन्त्रीले अयोध्यास्थित राम मन्दिरमा प्रार्थना गरेको देख्दा आफूलाई निकै हर्ष लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख गरेका छन् ।
उनले श्रीरामका आदर्शहरूले विश्वभरका करोडौं मानिसलाई शक्ति र प्रेरणा प्रदान गर्ने मोदीले बताएका छन् ।

