२८ जेठ २०८३, बिहीबार

सुजुकीको पहिलो सर्भिस सेन्टरले मनायो १६ औं वार्षिकोत्सव

भदौ २२, २०८२
काठमाडौं
सुजुकीको पहिलो सर्भिस सेन्टरले मनायो १६ औं वार्षिकोत्सव

सुजुकीको काठमाडौंमा स्थापित पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६ औं वार्षिकोत्सव मनाएको छ ।

हाल काठमाडौंको जोरपाटी, दक्षिणढोकामा अवस्थित अटो एभको १६ औं वार्षिकोत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले लामो समयसम्म सफलतापूर्वक क्रियाशील रहेको स्मरण गर्दै आगामी दिनको लागि समेत सफलताको शुभकामना दिए ।

सो अवसरमा सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पका नेसनल सर्भिस हेड सरोज खड्का, मार्केटिङ म्यानेजर सजल श्रेष्ठ, डिलर इन्चार्ज अभिषेक ठाकुर र समाजसेवी सुदर्शन सिग्देल लगायतले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्दै आगामी दिनका लागि सफलताको शुभकामना दिए । 

उनीहरुले सर्भिस सेन्टरमा उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्सदेखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा व्यक्त गरे ।

सुजुकीका हाल देशभर र काठमाडौं उपत्यकामा समेत धेरै सर्भिस सेन्टर भए पनि अटो एभको फरक पहिचान छ । सफल युवा अटो व्यवसायी मधुसूदन सिग्देलको नेतृत्वमा सञ्चालित अटो एभ सर्भिसिङको क्षेत्रमा सुपरिचित बनेको छ ।

काठमाडौंको मित्रपार्कमा २०६६ सालमा स्थापना भएको अटो एभ करिब ९ महिनादेखि भने जोरपाटी, दक्षिणढोकामा स्थानान्तरण भएको छ । कार सेग्मेन्टमा सबैभन्दा ठूलो सेल्स, सर्भिस र स्पेयर पार्ट्स नेटवर्क भएकाले सुजुकी गाडी खरिद गरेपछि आफ्टर सेल्स सर्भिसमा ढुक्क बन्न सकिने अधिकांश ग्राहकको बुझाइ रहेको कम्पनीले जनाएको छ ।

यो ब्रान्डको गाडी प्रयोग गर्दा मेन्टिनेन्स लगायत अन्य सञ्चालन खर्च एकदमै कम पर्ने आमविश्वास समेत रहेको पाइन्छ । सुजुकीको उपत्यकामा मात्र १ दर्जन बढी सर्भिस सेन्टर सञ्चालनमा छन् । तीमध्ये अधिकांशले सुनेको र कहलिएको नाम  अटो एभ प्रालि रहेको कम्पनीको दाबी छ ।

null

फराकिलो पूर्वाधारमा फैलिएको यो सर्भिस सेन्टर अत्याधुनिक उपकरण तथा टुल्स, दक्ष तथा अनुभवी टिम र सुविधासम्पन्न भौतिक संरचनाले सुसज्जित छ ।

गाडीको मर्मतसम्भार सम्बन्धी सम्पूर्ण काम हुने अटो एभमा सुजुकी जेन्युइन पार्ट्सको छुट्टै आउटलेट समेत सञ्चालनमा छ । जहाँबाट ग्राहकले सुलभ मूल्यमा स्पेयर पार्ट्स लगायत अन्य कम्पोनेन्ट खरिद गरी गाडीको मर्मतसम्भार गराउन सक्छन् ।

यो सर्भिस सेन्टरले उत्कृष्ट सेवा प्रदान गरेवापत आधिकारिक वितरक कम्पनी सिजी मोटोकर्पबाट कैयन पटक सम्मान समेत पाएको छ । सुजुकी गाडीको मर्मतसम्भार र सर्भिसिङ सम्बन्धी सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध हुने हुँदा अटो एभबाट ग्राहकले जस्तोसुकै समस्याको समाधान समेत सहज तवरबाट पाउने सिग्देल दाबी गर्छन् ।

उनी भन्छन्, ‘हामीकहाँ आएपछि ग्राहकले हरेक समस्याको समाधान पाउनुहुनेछ । कतिपय अवस्थामा त अन्य सर्भिस सेन्टरले समाधान गर्न नसकेका केही जटिल समस्यालाई समेत हाम्रो टिमले सहजताका साथ समाधान गरिदिएका छन् । जुन हाम्रो टिमको सबैभन्दा ठूलो सबल पक्ष समेत हो ।’ यहाँ गाडीको समस्या लिएर भित्र छिरेपछि त्यसको समाधान भएरै छाड्ने उनी बताउँछन् ।

अटो एभले हरेक वर्ष विभिन्न अवसर पारेर सर्भिस क्याम्प र फ्रि–चेकअप क्याम्प मार्फत ग्राहकलाई अतिरिक्त सुविधा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्