![माइतीघरमा भेला भएर बानेश्वरतर्फ लाग्यो जेनजीको जुलुस [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Gen_z_protest_2082-05-23_4_5Ui03m7aEr.jpg)
जेनजी (सन् १९९७ देखि २०१२ सम्म जन्मेको) पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार बिहान माइतीघरमा भेला भएर युवाहरूले प्रदर्शन गरेका हुन् ।
बिहान साढे ९ बजेदेखि माइतीघर मण्डलामा भेला भएका युवाहरू ११ बजेपछि बानेश्वरतर्फ लागेका छन् । प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारविरुद्ध नारा लगाएका छन् ।
कुनै राजनीतिक दल र संगठनको आह्वानमा नभई स्वतः स्फूर्त भेला भएका युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको पनि विरोध जनाएका छन् ।
जेनजीको आन्दोलन भजाउन विभिन्न राजनीतिक दल र समूहले समर्थन गरे पनि उनीहरूले राजनीतिक दलका कार्यकर्तालाई प्रदर्शनमा सहभागी नहुने बताएका हुन् ।
जेनजीको प्रदर्शनलाई लक्षित गरेर बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ।
तस्वीरहरू:






