![आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्ज्वलन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Deep_Prajwalan_Bauddha_19_Wi6ckXv2Oa.jpg)
सोमबार र मंगलबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्ज्वलन गरिएको छ ।
दीप प्रज्ज्वलन कार्यक्रममा सोही आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण साथै घाइतेको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको खुलेको छ ।


















