३१ असार २०८३, बुधबार

यस्तो छ आज आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

भदौ २९, २०८२
काठमाडौं
यस्तो छ आज आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ९५ पैसा र बिक्रीदर १४१ रूपैयाँ५५ पैसा निर्धारण गरिएको छ ।     
     
युरोपियन युरो एकको खरिददर १६५ रूपैयाँ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रूपैयाँ०५ पैसा र बिक्रीदर १९१ रूपैयाँ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रूपैयाँ९३ पैसा र बिक्रीदर १७७ रूपैयाँ६८ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रूपैयाँ६८ पैसा र बिक्रीदर ९४ रूपैयाँ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ८६ पैसा र बिक्रीदर १०२ रूपैयाँ२९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ८६ पैसा र बिक्रीदर ११० रूपैयाँ३२ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ७९ पैसा र बिक्रीदर १९ रूपैयाँ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ५७ पैसा र बिक्रीदर ३७ रूपैयाँ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ६७ पैसा र बिक्रीदर ३८ रूपैयाँ८३ पैसा कायम भएको छ ।     
     
 केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ४४ पैसा र बिक्रीदर चार रूपैयाँ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ३८ पैसा र बिक्रीदर ३८ रूपैयाँ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ५२ पैसा र बिक्रीदर ३३ रूपैयाँ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ१३ पैसा र बिक्रीदर १० रूपैयाँ१८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ११ पैसा र बिक्रीदर १५ रूपैयाँ१७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ१४ पैसा र बिक्रीदर २२ रूपैयाँ२४ पैसा तोकिएको छ ।     
     
 राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ११ पैसा र बिक्रीदर १८ रूपैयाँ१९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ५४ पैसा र बिक्रीदर ४६३ रूपैयाँ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रूपैयाँ८५ पैसा र बिक्रीदर ३७५ रूपैयाँ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रूपैयाँ०८ पैसा र विक्रीदर ३६७ रूपैयाँ६४ पैसा रहेको छ । भारतीय रूपैयाँएक सयको खरिददर १६० रूपैयाँर बिक्रीदर १६० रूपैयाँ१५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्