०८ असार २०८३, सोमबार

बागलुङमा पहिरोले एक परिवार विस्थापित

भदौ २९, २०८२
बाग्लुङ
बागलुङमा पहिरोले एक परिवार विस्थापित

बागलुङको बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छ भने एक परिवार विस्थापित भएको छ ।

सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पुर्‍याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ ।

परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ-८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । 

वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठूलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्‍याएको छ ।    

 

salt training

कमेन्ट गर्नुहोस्