
बडादशैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि सहुलियत पसल शुरू गरेको छ ।
लिमिटेडले सोमबारदेखि शुरू गरेको सहुलियत पसलमा प्रतिकेजी पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।
दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी पाँच रूपैयाँ छुट गरिएको छ । यसैगरी तेल, चिउरा, आटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी सात रूपैयाँ छुट दिइएको छ ।
चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी १० रूपैयाँ छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए । सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ ।