
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य तय गरेको छ ।
जसअनुसार घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७५, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो २०, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ७० रुपैयाँ कायम छ ।
यसैगरी आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम मूल्य प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३७, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३५, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो ९०, लोकल बन्दा प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो २५, तने बोडी प्रतिकिलो ८०, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।
यस्तै ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो १५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो ३५०, पार्सले प्रतिकिलो ९००, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ८००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ कायम भएको छ ।
समितिका अनुसार जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ९० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० कायम भएको छ ।