२९ असार २०८३, सोमबार
जेनजी आन्दोलनको प्रभाव

सेयरबजारमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि बन्द

असोज २, २०८२
काठमाडौं
सेयरबजारमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि बन्द

सेयर बजारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको छ । बिहीबार सेयरबजार ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो । 

खुलेको दुई मिनेटमै पहिलो नेगेटिभ सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको हो । अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।

दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको हो ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । 

त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरि कारोबारमा ब्रेक लाग्ने गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्