२९ असार २०८३, सोमबार

काठमाडौंको गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार

असोज २, २०८२
काठमाडौं
काठमाडौंको गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । 

गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेकी सीता देवी पन्तमाथि खुकुरी प्रहार भएको हो । पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनभिज्ञ रहेको उनले प्रहरीलाई  बताएकी छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धले अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बौद्धको पूरै भवन जलेका कारण हिरासत कक्ष नभएको र केही दिन परिसरबाटै मुद्दा चल्ने भएपछि पन्तलाई परिसर पठाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्