२७ जेठ २०८३, बुधबार

संविधान

असोज ३, २०८२
काठमाडौं
संविधान

देशको मूल कानून, नागरिकले जान्नैपर्ने विधान ।
हरेक नागरिकको आवाज, बन्नुपर्ने महान ।
समावेशी–समानुपातिक,सहभागिताको बखान ।
कार्यान्वयन समस्या हो, नागरिक सबैले जान ।
शान्ति–सुशासन, विकास–समृद्धिको आकांक्षा ।
जनतालाई सुशासन भए, छैन केही अपेक्षा ।
जाती भाषा, धर्मसंस्कृतिलाई सबैको आत्मसात ।
नेपाली नेपालीमा नगरौं यहाँ प्रतिघात ।
मुलमन्त्र समग्रमा, विभेद–उत्पिडनको अन्त्य ।
लेखेर भयो के यहाँ,  अझै छन् सामन्त ।
बहुदल मानवधिकार, निष्पक्ष, सक्षम, न्यायपालिका ।
कानूनीराज्य, बालिगमताधिकार, मौलिक हक स्वतन्त्रता।
३५ भाग जम्मागरी, तीनसय आठ धारामा ।
अनुसूची ९ हुँदा, झन्डाचिन्ह पुछारमा ।
आयोग–आयोग धेरै छन्, काम गर्ने मात्र पाचँ।
अन्य–आयोग देखाउने हुन काम गर्छन्  नसोच।
निर्वाचन, अख्तियार, लोकसेवा र महालेखा।
नेतृत्व–सबै दलका–मान्छे कुकर्म अनदेखा।
शक्तिपृथकीकरण, मौलिकहक, सामाजिक न्याय।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अथाह।
जानौं-बुझौं सबैले, संविधानको महात्मा ।
लागु गरौं व्यवहारमा, संविधानको आत्मा ।
ठुलाले मान्दैनन् यहाँ, दु:खको कुरा यही छ ।
ठुला–साना सबैलाई, नियमन गर्नुपर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्