१० साउन २०८३, आइतबार

पुँजी बजार सुधारका लागि ५ सदस्यीय कार्यदल गठन

असोज ३, २०८२
काठमाडौं
पुँजी बजार सुधारका लागि ५ सदस्यीय कार्यदल गठन
फाइल फोटो

शेयर बजारका समस्या समाधान र लगानीकर्ताको मनोबल बढाउनका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरिएको छ ।

शुक्रबार अर्थ मन्त्रालयले पुँजी बजारमा भएका समस्या र विसङ्गतिको अध्ययन गरी लगानीकर्ताको मनोबल बढाउनका लागि भन्दै सुझाव र ठोस कार्यान्वयन कार्य योजना बनाउन कार्यदल गठन गरेको हो ।

मन्त्रालयले शुक्रबार नै पुँजी बजारको प्रणालीगत तथा प्रक्रियागत  सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्य योजना बनाउन निर्देशन समेत दिएको छ ।

कार्यदलको संयोजकमा धितो पत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी, सदस्यमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कार्यकारी निर्देश निरन्जय फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव रहेका छन् ।

कार्यदलले पुँजी बजारमा भएका समस्या र विसङ्गतिको अध्ययन गरी लगानीकर्ताको मनोबल बढाउनका लागि प्रणालीगत तथा प्रक्रियागत  सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना बनाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्