
काठमाडौंमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका- ४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हीरा तामाङ छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हीराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।