२३ असार २०८३, मंगलबार

भृकुटीमण्डपमा ​बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’, यस्ता छन् अफर

असोज ४, २०८२
काठमाडौं
भृकुटीमण्डपमा ​बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’, यस्ता छन् अफर

नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।

यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।

यस योजनामा २२ भन्दा बढी भ्यालुएटर्सबाट ग्राहकले आफ्नो पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।

साथै, एडिश्नल भ्यालुएसन १० हजार रुपैयाँसम्म आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् ।

साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन ।

शून्य सर्भिस चार्ज र सरल  किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

बजाजले यसअघि नै दशैं–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बीपीएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, 'प्लेयर अफ दि वीक' बन्ने ग्राहकले १ लाख नगद, चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।

हंसराज हुलासचन्द एन्ड कम्पनीले चाडबाडको अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्