०२ साउन २०८३, शनिबार

२ सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

असोज ४, २०८२
काठमाडौं
२ सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
फाइल फोटो

चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।

कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा दुई अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा छ अर्ब ६९ करोड २० लाख ५० हजार सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यस्तै, पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट)लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ ।

उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्