३१ असार २०८३, बुधबार

सुनचाँदीका गरगहनासहित काठमाडौंमा तीन जना पक्राउ

असोज ४, २०८२
काठमाडौं
सुनचाँदीका गरगहनासहित काठमाडौंमा तीन जना पक्राउ

प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । 

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद १३ हजार रूपैयाँ र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । 

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्