२३ असार २०८३, मंगलबार

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति

असोज ५, २०८२
विरगञ्ज
आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक एक करोड मूल्य बराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ । 

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

‘कर संकलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ’, उनले भने, ‘कार्यालयका कम्प्युटर, प्रिन्टर्सलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।’

कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्