३० असार २०८३, मंगलबार

वीरगञ्ज भन्सारबाट साउन र भदौमा १ खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

असोज ६, २०८२
पर्सा
वीरगञ्ज भन्सारबाट साउन र भदौमा १ खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात
फाइल फोटो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन् ।

गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् ।

गत आवको दुई महिनाको अवधिमा एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको जानकारी दिए ।

‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’ उनले भने, ‘आयात मात्रै होइन राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ ।

गत आवको दुई महिनामा छ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ ।

गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्