२९ असार २०८३, सोमबार

कारागारबाट भागेको १० दिनपछि श्रीमतीको हत्या गरेर ‘फरार’

असोज ६, २०८२
काठमाडौं
कारागारबाट भागेको १० दिनपछि श्रीमतीको हत्या गरेर ‘फरार’

ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीबन्दीले श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका-१२ गागलस्थित पाखोबारी बस्ने ३३ वर्षीय सन्तबहादुर तामाङले आफ्नी श्रीमती अन्दाजी ३२ वर्षीया जमुना तामाङको हत्या गरेका हुन् । 

गत भदौ २४ गते जेनजी आन्दोलनको बलमा कारागारबाट भागेका उनी सोही दिन बेलुका घर पुगेका थिए । घरायसी विवादमा उनले असोज २ गते राति जमुनाको हत्या गरेको प्रहरीले जनाएको छ । 

जमुनाको शव घरदेखि ५०० मिटर उत्तरतर्फ खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय बनेपाको टोलीसहित फरेन्सिक मेडिसिन विभागको विशेषज्ञ डाक्टरको टोलीले उक्त लासको उत्खनन् गरी प्रारम्भिक अनुसन्धान कार्यपश्चात पोष्टमार्टमका लागि धुलिखेलस्थि फरेन्सिक मेडिसिन विभागमा राखेको छ । 

सन्तबहादुरको कुटपिटबाट जमुनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि उनले खाल्डो खनेर शव गाडेका फरार भएका थिए । 

उनी असोज ३ गते नख्खु कारागारमा उपस्थित हुन गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृतको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी मीनबहादुर घलेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्