
जेनजी आन्दोलनको मौका छोपी जेलबाट भागेका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा अदालतको आदेशमा उनीहरू जेल गएका थिए ।
अमेरिकी नागरिक मिचेल नोरम्यान टेलर र जासन लोयड मुडी गत भदौ २४ गते जेलबाट भागेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुवै जनालाई महाराजगन्जबाट पक्राउ गरेको हो ।
टेलर बाल यौन दुराचार मुद्दामा कास्की जिल्ला अदालतको आदेशमा कास्की कारागार र मुडी जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा कारागार जीवन बिताइरहेका थिए ।