०८ असार २०८३, सोमबार

अफगानी किशोरको अचम्मलाग्दो यात्रा, विमानको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट दिल्ली पुगे

असोज ७, २०८२
काठमाडौं
अफगानी किशोरको अचम्मलाग्दो यात्रा, विमानको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट दिल्ली पुगे

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर भारतको राजधानी दिल्ली पुगेका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोधपुछ गरेपछि, उनलाई सोही उडानमा अफगानिस्तान फिर्ता पठाइएको हो । 

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा काम एयरलाइन्सको उडान (उडान नम्बर आरक्यू-४४०१) का चालक दलले विमान नजिकै एक किशोर हिंडिरहेको देखे । उनीहरूले तुरुन्तै विमानस्थलमा तैनाथ सीआईएसएफ सुरक्षाकर्मीहरूलाई सचेत गराए । सुरक्षाकर्मीहरूले उनलाई सोधपुछको लागि टर्मिनल ३ मा लगे ।

पीटीआईका अनुसार, सोधपुछको क्रममा, ती किशोर अफगानिस्तानको कुन्दुज प्रान्तको बासिन्दा भएको खुलासा भयो।

उनले अनुसन्धानकर्ताहरूलाई काबुल विमानस्थलमा लुकेर विमानको पछाडिको डिब्बामा पुग्न सफल भएको बताए । अनुसन्धानको क्रममा काबुल एयरलाइन्सका सुरक्षा अधिकारीहरूले ल्यान्डिङ गियर डिब्बामा एउटा सानो रातो स्पिकर फेला पारेका छन् । यो सम्भवतः उनले नै ल्याएको हुन सक्ने समाचारमा उल्लेख छ।

अनुसन्धानपछि, विमान सुरक्षित घोषित गरियो र कुनै तोडफोडको षड्यन्त्र नभएको निश्चित भयो । उनको पूर्ण पहिचान र नाम अझै खुलाइएको छैन।

अफगानिस्तानको तालिबान सरकारले अहिलेसम्म समाचारमा आधिकारिक रूपमा टिप्पणी गरेको छैन ।

विमानमा किशोरको पहुँचले काबुल विमानस्थलमा सुरक्षा उपायहरूमाथि प्रश्न उठाएको छ । उनी बाँचेर दिल्ली पुग्नुलाई पनि चमत्कारिक मानिएको छ । अक्सिजनको अभाव र अत्यधिक चिसोका कारण यति उच्च उचाइमा बाँच्न लगभग असम्भव हुन्छ । 

यो पहिलोपटक होइन कि कोही विमानमा लुकेर आफ्नो गन्तव्यमा पुगेको हो । तर यो सम्भवतः विमानको यस भागमा लुकेर बसेको पहिलो घटना भएकव बीबीसी हिन्दीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्