२८ असार २०८३, आइतबार

जेनजी प्रदर्शनमा प्रहरीको हत्या गरेको आरोपमा १ जना पक्राउ

असोज ७, २०८२
काठमाडौं
जेनजी प्रदर्शनमा प्रहरीको हत्या गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका २ प्रहरीलाई कुट्दै हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

क्याप्छाकीले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको परिसरका एक अधिकृतले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीले क्याप्छाकीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाउने भएको छ ।​

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा महाराजगन्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए ।

प्रहरी जवान थापालाई ‘तँ डीएसपी होइनस्, गोली हान्न आदेश दिने तैँ होइनस्’ भन्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्