२८ असार २०८३, आइतबार

गोरखामा २ थान बन्दुकसहित १ जना पक्राउ

असोज ८, २०८२
गोरखा
गोरखामा २ थान बन्दुकसहित १ जना पक्राउ

गोरखामा प्रहरीले बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

नायब उपरीक्षक सुवेदीका अनुसार रानामगरको घरबाट प्रहरीले एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले गएराति उहाँको घरमा खनतलासी गरेको थियो ।

पक्राउ परेका रानामगरमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्