२८ असार २०८३, आइतबार

प्रधानसेनापति सिग्देलले गरे पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल

असोज १०, २०८२
काठमाडौं
प्रधानसेनापति सिग्देलले गरे पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल

प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वप्रधानसेनापतिहरूसँग पछिल्लो परिस्थितिबारे छलफल गरेका छन् ।

पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिबारे प्रधानसेनापति सिग्देलले यही असोजको पहिलो हप्ता जङ्गीअड्डामा पूर्वप्रधानसेनापतिहरूसँग छलफल तथा अन्तरक्रिया गरेका हुन् । 

यसैगरी, बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्चुअल सहभागितामा पृतनापति समन्वयात्मक बैठक- २०८२ सञ्चालन भएको सेनाले जनाएको छ ।

null

उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए ।

प्रधानसेनापति सिग्देलले समापन गरेको बैठकमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले स्वागत मन्तव्य राखेका थिए ।​ 

नेपाली सेनाको वार्षिक कार्यतालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको सेनाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्