२२ जेठ २०८३, शुक्रबार

काव्या ब्यान्डले ल्यायो 'म त केवल नेपाली' [भिडियोसहित]

असोज १३, २०८२
काठमाडौं
काव्या ब्यान्डले ल्यायो 'म त केवल नेपाली' [भिडियोसहित]

काव्या ब्यान्डले 'म त केवल नेपाली' बोलको गीत सार्वजनिक गरेको छ ।

ब्यान्डको आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा सुमन उदय, समीर स्याङ्बो, प्रदीप गुरुङ, ​यारोन लामा, ​अलिन गडाल, युवराज मगर, रोशन शर्मालगायतको आवाज रहेको छ ।

गीतको शुरूआतमा नै जेनजी आन्दोलनका दृश्यलाई समेटिएको छ । आन्दोलनपछि देशमा जातीय तथा क्षेत्रीय हिंसा भड्किन सक्नेतर्फ सचेत गराउँदै सबैलाई समान देख्ने आशय व्यक्त गरिएको छ ।​

न त म मधेशीलाई चिन्छु, न त पहाडी 
न त म मुसलमान नै देख्छु, न त हिन्दू नै 
म त केवल नेपाली हुँ अनि सबै नेपाली देख्छु 
के हो जात, के हो धर्म, हुने हो के फेरि घात 
न टुक्राउ न मार न ... 
म त केवल नेपाली नेपाली ... नेपाली नेपाली नेपाली 

गीतमा प्रस्तुत गरिएका शब्दहरूले नेपालमा भएको जेनजी आन्दोलनपछिको अवस्थालाई चित्रण गरेको छ । साथै जेनजी आन्दोलनका दृश्यहरूलाई पनि भिडियोमा समेटिएको छ ।

सुरज गिरी र आमिर श्रेष्ठले खिचेको भिडियोलाई समीर मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोमा पनि काव्या ब्यान्डकै सदस्यहरू देखिएका छन् ।​

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्