२६ असार २०८३, शुक्रबार

भक्तपुरमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

असोज १३, २०८२
काठमाडौं
भक्तपुरमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

भक्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका- १० मिलनचोक बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका- ७ घर भएका २८ वर्षीय सोनम शेर्पा छन् ।

उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोनमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त ​जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्