१२ साउन २०८३, मंगलबार

तेस्रो खेलमा वेस्ट इण्डिजसँग पराजित भयो नेपाल

असोज १५, २०८२
काठमाडौं
तेस्रो खेलमा वेस्ट इण्डिजसँग पराजित भयो नेपाल

युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।

तेस्रो खेलमा पराजित भए पनि नेपालले यस  सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाइ २–१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको  थियो । 

आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको  वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा ग-यो ।

 वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए । 

त्यसअघि  टस हारेर  पहिला ब्याटिङ गरेको नेपालले  १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२  रनको योगफल बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्