२८ असार २०८३, आइतबार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ पक्राउ

असोज २०, २०८२
काठमाडौं
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ पक्राउ

१६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय सञ्जय सदा रहेका छन् । उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । 

सञ्जयले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुरकै कटारीमा १६ वर्षीया अर्की बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-९ लिम्पाटार बस्ने १९ वर्षीय भोजराज परियार पक्राउ परेका छन् । उनलाई पनि प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । 

भोजराजले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्